बिराटनगर ।

मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले चेक जाँचको क्रममा  बिराटनगर–१५ मा भारतबाट नेपालतर्फ आउँदै गरेको को. ३९ प ८७१५ नम्बरको मोटरसाईकलमा सवार रहेका उदयपुर चौदण्डिगढी–२ का २९ बर्षीय उमेश खत्री र ईटहरी उप–महानगरपालिका–५ का २८ बर्षीय बसन्त तोलाङ्गीको साथबाट २ ग्राम ९३ मिलिग्राम ब्राउन सुगर र नगद १८ हजार रुपैयाँ बरामद गरेको हो ।

त्यस्तै ईलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकको प्रहरी टोलीले धरान–१५ का २७ बर्षीय जेल्स राईको कोठाबाट ३ ग्राम ब्राउन सुगर साथै  ट्रामाडोल, स्पास्पेइन ८० ट्यावलेट र नगद  ६० हजार ३ सय ५ रुपैयाँसहित पक्राउ गरेको हो । लागूऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धित कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।