काठमाडौ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा विजयी भएको नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन्। बिहीबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको युएईविरुद्धको खेलमा विजयी हुँदै विश्वकप क्वालि फायरमा प्रवेश गरेको नेपाली क्रिकेट टिमलाई  प्रधानमन्त्री प्रचण्डले बधाई दिएका हुन्। 

उनले लीगका खेलहरुमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा प्रधानमन्त्री प्रचण्डले बधाई दिएका छन्। उनले आइसिसी क्रिकेट विश्वकप लिग–२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा खुसी व्यक्त गरेका छन् ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले युएइविरुद्ध डकवर्थ लुइस (डीएलएस) पद्धतिमा ९ रनले जित हात पारेको थियो।