हल्दीबारी । 

पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समूह हल्दिबारी ४ को अध्यक्षमा सागर पोर्तेल निर्वाचित भएका छन्। कुल ८३७ मतदाता रहेको समूहमा जम्मा ७६९ मत खसेको थियो। अध्यक्ष पोर्तेल प्रतिस्पर्धी केदार उप्रेतीलाई ३६ मतलेपछि पार्दै निर्वाचित भएका हुन् । 

त्यसैगरी उपाध्यक्षमा शर्मिला लामिछाने, सचिव शालिकराम पराजुली, कोषाध्यक्ष मनिता गौतम, सह–सचिव भरत ढकाल निर्वाचित भएका छन्। सदस्यहरुमा नविन निरौला, सपना लिम्बु, दिलकुमार राजवंशी, मुनीराम खरेल, सिर्जना चापागाई र दिपा घिमिरे निर्वाचित भएका छन्।

शनिबार भएको निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष सह–सचिवसहित सदस्य पदहरूमा २÷२ जनाले उम्मेदवारी दिएका थिए। उपभोक्ताहरूले उत्साहजनक रूपमा मतदानमा सहभागीता जनाएका थिए ।