बिराटनगर।

इलाम र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सुचनाको आधारमा प्रहरी चौकी पोल्टिमारी इलामको प्रहरी टोलीले चुलाचुली गाउँपालिका–३ का २५ बर्षीय उपेन्द्र बान्तावालाई ७८ मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान र नगद ४ हजार २ सय रुपैयाँसहित पक्राउ गरेको हो ।

त्यसैगरी मोरङको बिराटनगर महानगरपालिका–१५ बाट लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री रुपाकोट मझुवागडी नगरपालिका–५ खोटाङका २३ बर्षीय पुजन राईलाई ३२ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।