बिराटनगर।

झापा, मोरङ र सुनसरीको बिभिन्न स्थानबाट भन्सार छलेर नेपाल भित्र्याउदै गरको अवैध समानहरु प्रहरीले नियन्त्रण गरेको छ ।

सिमावर्ती क्षेत्रमा परिचालित प्रहरी गस्ती टोलीले चेक जाँचको क्रममा भन्सार छलेर चोरी पैठारी गरी नेपाल भित्र्याउदै गरेको अवस्थामा खाध्यान्नका सामग्री बिभिन्न प्रकारका कपडा, कुर्था सुरुवाल, कस्मेटिक सामग्री समेत गरी करिव १० लाख ६७  हजार मुल्य बराबरको अवैध समान बरामद गरेको हो ।

बरामद गरिएको उक्त समानहरु आवश्यक कारवाहीको लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।

फाइल तस्वीर