झापा । 

ईलाका प्रहरी कार्यालय घैलाडुब्बाको प्रहरी टोलीले भारतबाट भञ्सार टलेर नेपाल भित्र्याएको ५ लाख ५० हजार ८०० रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको छ । 

झापाको कनकाई नगरपालिका वडा नं.८ स्थित लक्ष्मिपुर चोकबाट सार्वजनिक सवारी साधन चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छलेर ल्याएको सामाग्री प्रहरीले नियनत्रणमा लिएको हो । 

प्रहरीले नियन्त्रणमा लिएको जोमा कम्पनीको १८३६ जोर स्पोर्टस मोजा फेला परेपछि  आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।