झापा।
झापाको शिवसताक्षी नगरपालिका-१ धरमपुर स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका-३ का १९ बर्षीय मुस्कान लिम्बु र २३ बर्षीया स्वस्तिका लिम्वुलाई १ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको छ ।