बनियानी । 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बनियानी सेवा केन्द्रले संस्थाको  सदस्यको मृतक परिवारलाई ऋण बापतको रकम मिनाह गरेको छ ।

देबी सहारा महिला समुह समुह नम्बर १० की सदस्य सुधा राजवंशीको परिवारलाई कर्जा मिनाह बापतको ३ लाख ५० हजार रुपैयाँ मिनाह गरेको हो ।

मृतकका श्रीमान झट्कनलाल राजवंशीलाई सोमवार (आज) कचनकवल–२ स्थित सुकुनाडिकीमा एक कार्यक्रमकाबिच कर्जा मिनाहबापतको चेक हस्तान्तरण गरिएको सेवा केन्द्र प्रमुख नेत्रकुमार खड्काले जानकारी दिए । 

 समुह अध्यक्ष गया राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा सेवा केन्द्र प्रमुख खड्काले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा लक्ष्मी माविका बिद्यालय ब्यवस्थापन समितिका पूव अध्यक्ष रोहितकुमार श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन कर्मचारी राजेन्द्र बराइलीले गरेका थिए ।