बिर्तामोड । 

झापा जिल्ला सहकारी संघले ६६ औं राष्ट्रिय सहकारी दिवसका अवसर पारेर बिर्तामोडमा सोमवार (आज) विविध कार्यक्रम गरेको छ । सोही कार्यक्रमकाबिच संघले सम्मानीत ब्यत्तित्व तथा संस्थाको नाम सार्वजनिक गरेको छ । 

यस बर्षको झापा सहकारी सम्मान पुरस्कारबाट राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेललाई नगद २५ हजार ५५५ रुपैयाँले सम्मान गरिने भएको छ । 

त्यस्तै पूर्व सञ्चालक सम्मानबाट झापा जिल्ला सहकारी संघका पूर्व सचिव तथा लेखा संयोजक देबीप्रसाद दाहाल, उत्कृष्ट सञ्चारकर्मीका रुपमा गोबिन्दचन्द क्षेत्रि, उत्कृष्ट कृषि सहकारीको रुपमा होक्से कृषि सहकारी संस्था, उत्कृष्ट बहुउद्देश्यीय सहकारीका रुपमा मेची कृषक बहुमुखी सहकारी, उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थाको रुपमा पूर्वीद्वार बचत तथा ऋण सहकारी, उत्कृष्ट बचत कारोबारका रुपमा नवोदय बहुउदेश्यीय सहकारी संस्था, उत्कृष्ट कर्जा कारोवारका रुपमा हाम्रो गोलधाप कृषि सहकारी संस्थालाई नगद १० हजार ५५५ रुपैयाँका दरले सम्मान गरिने भएको छ । 

sang

त्यसैगरी उत्कृष्ट ब्यवस्थापकको रुपमा महिलातर्फ नवदुर्गा बहुउद्देश्यीय सकारी संस्थाकी धनकुमारी पौडेल र पुरुषतर्फ सुभलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका तीलक कार्कीलाई नगद ५ हजार ५५५ रुपैयाँसहित सम्मान गरिने भएको छ ।  सम्मानीत ब्यक्ति तथा संस्थाको नाम संघका अध्यक्ष गणेश ढकालले सार्वजनिक गरेका थिए । 

स्वागत संघका बरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले गरेको कार्यक्रमको सञ्चालन सचिव भवानीप्रसाद दंगालले गरेका थिए । हाल बित्तिय क्षेत्रमा देखिएको समस्याका कारण सहकारीकर्मीमा देखिएको निराशपनलाई हटाउने उदेश्यले उत्प्रेरणात्मक कार्यक्रमको आयोजना गरिएको जनाइएको छ । 

सोही कार्यक्रमकाबिच राजाबाबु साहले सहकारीकर्मीहरुलाई उत्प्रेरणात्मकसम्बन्धि सहजीकरण गरेका थिए । सोही कार्यक्रममा संघले स्मारिकाको बिमोचन समेत गरेको थियो । कार्यक्रममा जिल्लाभरका सहकारी अभियन्ता, सहकारी सञ्चालक, कर्मचारीको बाक्लो उपस्थिति रहेको थियो ।