बनियानी । 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बनियानी सेवा केन्द्रले जेहेन्दार बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । 

साकोसको २८ औं स्थापना दिवसको अवसर पारेर सेवा केन्द्रले लक्ष्मी माबिका १७ जना र साउथ दिप एकेडेमी बिद्यालयका ३ जना बिद्यार्थीलाई कापी र कलम बितरण गरेको सेवा केन्द्र प्रमुख नेत्रकुमार खाड्काले जानकारी दिए । 

सेवा केन्द्र प्रमुख खड्काको अध्यक्षतामा भएको कार्यक्रममा कचनाकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रसिंह राजबंशीको प्रमुख आतिथ्य रहेको थियो । 

कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष चिन्तामणि खरेलको बिशेष आतिथ्य रहेको थियो । कार्यक्रमको औचित्यमाथि प्रकाश साकोसकी चारआली कार्यालय अनुगमन अधिकृत गोमा बस्नेतले पारेको कार्यक्रमको सञ्चालन कमला कटुवालले गरेकी थिइन् ।