हल्दीबारी । 

कोभिड १९ बिरुद्धको फाईजर खोप अभियान अर्न्तगत ५५ वर्षमाथि र १२ वर्ष माथिका लक्षित समूह पहिलो दोस्रो बुष्टर मात्रा खोप लगाउने तयारी सम्पन्न भएको छ।

स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाका अनुसार  ५५ वर्ष माथिका सबै नागरिकहरुलाई पहिलो बुष्टर र पहिलो बुष्टर लगाएर ६ महिना पुगेकालाई दोस्रो बुष्टर मात्रा लगाईने छ।

त्यस्तै १२ वर्ष माथिका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, गर्भवति, १२ वर्ष माथिका दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्याक्तिहरु जसको पहिलो बुष्टर लगाएको ६ महिना पुगेकालाई दोस्रो मात्रा लगाईने स्वास्थ्य शाखा प्रमुख निरौलाले जानकारी दिए । 

हल्दीबारी गाउपालिकाका सबै वडाहरुमा कोभिड १९ विरुद्धको फाईजर खोप अभियान सञ्चालन हुने जनाइएको छ। अभियान चैत्र २४, २६, २७ र २८ गते सञ्चालन हुनेछ  भने खोप लगाउन आउँदा स्वास्थ्य मापदण्ड पालना गर्न र कोभिड खोप लगाएको परिचय खुल्ने प्रमाण अनिवार्य रूपमा लिएर आउन आग्रह गरिएको छ ।