बिर्तामोड । 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोड सेवा केन्द्रले ट्राफिक सचेतना मुलक सामाग्री हस्तान्तरण गरेको छ । 

साकोसले सोमवार (आज) संस्थाको २८ औं स्थापना दिवसको अवसर पारेर सामाग्री हस्तान्तरण गरेको सेवाकेन्द्र प्रमुख लक्ष्मीप्रसाद रिजालले जानकारी दिए ।  सेवा केन्द्रले ट्राफिक प्रहरीलाई सूचना मुलक होडिङ बोर्ड र नो पार्किङको बोर्ड प्रदान गरेको छ ।

सोही कार्यक्रमकाबिच दिवंगत शेयर सदस्य गणेशबहादुर अधिकारीकी श्रीमतीलाई राहत रकमवापत ३ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । सेवाकेन्द्र सञ्चालन उप–समिति संयोजक कृष्णबहादुर थापको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्य रहेको थियो । 

कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै संस्थाको बर्तमान अवस्था बारे अनुगमन अधिकृत घनश्याम रायले जानकारी गराएका थिए । स्वागत सेवाकेन्द्र सञ्चालन उप–समिति सदस्य सोम लिम्बुले गरेको कार्यक्रमको सञ्चालन सेवाकेन्द्र प्रमुख लक्ष्मीप्रसाद रिजालले गरेका थिए । कार्यक्रममा प्रहरी नायव निरिक्षक जीवनकुमार कार्की, साकोसका अतिरिक्त क्रियाकलाप उप–समितिका सदस्य गोबिन्द कार्कीलगायत सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।