शनिश्चरे । 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था शनिश्चरे सेवा केन्द्रले परिवारको निधनपछि कर्जा सुरक्षणवापतको ४ लाख ७६ हजार रुपैयाँ मिनाह गरेको छ । 

सस्थाले समूह नम्बर ०६२  कि सपना राजबंशीलाई श्रीमानको मृत्युपछि कर्जा सुरक्षण अन्तरगत उक्त कर्जा मिनाहा गरेको सेवाकेन्द्र प्रमुख दीपक ओलीले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि तथा अर्जुनधारा वडा नम्बर ८ का वडाध्यक्ष कुमार उप्रेती र कार्यक्रमका अध्यक्ष मार्फत राजबंशीलाई कर्जा सुरक्षण बापत रकम बितरण गरिएको थियो । 

सहारा नेपाल र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालको साझेदारी साथै जेओएको बित्तिय सहयोगमामा सञ्चालित नेपालमा बिपन्न महिलाहरुको लागि बित्तिय समावेशीकरण परियोजना अन्तरगत बित्तिय साक्षरता र सुरक्षित आवास सम्बन्धि १४ दिने तालिम समापनका अवसरमा मृत्युपछिको कर्जा रकम हस्तान्तरण गरिएको थियो । 

सहारा नेपाल साकोस सेवाकेन्द्र सञ्चालन उप–समिति सदस्य गीता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा वडा नम्बर ८ का वडाध्यक्ष कुमार उप्रेतीको प्रमुख आतिथ्य रहेको थियो । 

प्रमुख अतिथि तथा वडाध्यक्ष उप्रेतीले सहारा नेपाल साकोसले गरेका यस्ता कार्यक्रमले समाजमा सकारात्मक कुराको सञ्चार हुने गरेको बताए । बर्तमान परिस्थितिमा बजारमा सहकारीप्रति केही मान्छेले नकारात्मक कुरा फैलाउन खोजेको बताउँदै सचेत हुनुपर्नेमा जोड दिए । सहाराले आफना सेयर सदस्यहरुलाई साच्चै नै सहारा दिएको प्रमुख अतिथि उप्रेतीले बताएका छन् । 

सस्थाको बारेमा कार्यालय प्रमुख दीपक ओलीले जानकारी गराएको कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश सहारा नेपालका लक्ष्मी भण्डारीले पारेका थिए । कार्यक्रमको सञ्चालन प्रतिक्षा काफ्लेले गरेकी थिइन् ।