• रन्जित परियार 

बुट्टाबारी । 

देवलक्ष्मी कृषि सहकारी सस्था लिमिटेड अर्जुनधारा ११ ले छैठो बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले आ व ०७८/०८९ आर्थिक प्रतिवेदन अनुसार शेयर पुँजी ३ लाख ४७ हजार,  निक्षेप ७ लाख ६९ हजार ८ सय ७६, जगेडा कोष ५९ हजार २ सय ११ र कर्जा लगानी १३ लाख १५ हजार रुपैयाँ रहेको अध्यक्ष नरेन्द्र खड्काले प्रस्तुत गरेका प्रतिवेदनमा उल्लेख छ । 

 कार्यक्रममा असल बचत कर्ता, असल ऋणी शेयर सदस्यहरु धनमाया खरेल, सबिता राई, पुष्पलाल खतिवडा, प्रेम लामिछानेलाई सम्मान गरिएको थियो । कार्यक्रममा नौमती बाजा महिला समुहलाई नगदसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा अतिथिहरु चन्द्र सुबेदी, गंगाप्रसाद मैनाली, वडाध्यक्ष खगेन्द्र इङ्गनाम, सस्थापक अध्यक्ष जगतबहादुर मगर लगायतले नवबर्ष २०८० साल तथा साधारण सभाको सफलताको शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा नौमती बाजाको प्रस्तुति र बनभोजको कार्यक्रम रहेको थियो । कालिका सहकारी सस्थाका अध्यक्ष कर्ण तामाङको प्रमुख आतिथ्यमा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष बिष्णुमाया बिमलीले  गरेका थिए भने सहजीकरण सचिब हरि भण्डारीले गरेका थिए ।