दानाबारी । 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था दानाबारी सेवा केन्द्रले ‘सदस्य सुनौ सदस्य वुझौ’ अभियान अन्तर्गत सदस्य शिक्षा तथा विस्तारित मञ्च सम्पन्न गरेको छ । 

सेवाकेन्द्र सन्चालन सहयोग उप–समिति संयोजक सेतु तामाङको अध्यक्षतामा भएको कार्यक्रममा माङसेवुङ गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष डिकेन्द्रकुमार राईको प्रमुख आतिथ्य तथा साकोसका दुधे अनुगमन अधिकृत चुडामणी कट्टेलको विशिष्ट आतिथ्य रहेको थियो  ।

दानावारी सेवा केन्द्रले माङसेवुङ क्षेत्रमा आफनो समूह गठनपछि सन्चालन गरी ७ वर्षपछि पहिलो पटक सदस्य शिक्षा कार्यक्रम गरेकोमा सहभागी सदस्यले खुसी  व्यक्त गरेका थिए । 

कार्यक्रममा उद्यमी सदस्य देवकी लिम्बू र निर्मला लिम्बूलाई प्रशंसा पत्र वितरण गरिएको थियो । समुह नं ६९ कि सदस्य दिलकुमारी नेम्वाङको श्रीमान सन्तोष कुमार लिम्वुको निधनपछि ऋण मिनाहा वापतको ३० हजार रुपैयाँ क्षतिपुर्ती रकम वितरण समेत गएिको थियो ।

सोही कार्यक्रमकाबिच ५ जना सदस्यको  मोवाईल वैकिङ फारम संकलन र २ जनाको शेयर सदस्य फारम संकलन गर्दै मंगलबार नयाँ वर्ष २०८० को शुभकामना आदान– प्रदान गरिएको सेवा केन्द्र प्रमुख त्रिलोचन तिम्सिनाले जानकारी दिए ।