बिर्तामोड । 

कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड झापा बिर्तामोड–४ ले ४२ जना शेयर सदस्यलाई एक करोड ५४ लाख ९९ हजार ९ सय ८० रुपैयाँ ६८ पैसा बितरण गरेको छ ।

संस्थाले  आर्थिक वर्ष ०७८/०७९ मा असल कारोवार गर्ने  १९ हजार ८ सय ७८ जना शेयर सदस्यलाई संरक्षित पूँजी कोष फिर्ताबाट सो रकम बितरण गरेको हो । संस्थामा ०२७९ चैत मसान्तसम्ममा ५४ हजार ५१४ जना शेयर सदस्य रहेको जनाइएको छ । 

जसमध्ये १५ हजार रुपैयाँ भन्दा माथि प्राप्त गर्ने ४२ जना शेयर सदस्यलाई बुधवार(आज) एक कार्यक्रमकाबीच बिर्तामोडमा सम्मानसहित रकम प्रदान गरिएको हो । सहकारीले प्रदान गरेको अधिकतम संरक्षित पूँजी कोष फिर्ता पाउनेमा  एकराज विष्ट रहेका छन् । उनले एकलाख २४ हजार २ सय ८४ रुपैयाँ ८ पैसा पाएका छन् ।

संस्थाका अध्यक्ष टसवहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको थियो । सोही कार्यक्रमका बिच अध्यक्ष श्रेष्ठले सहकारी गतिविधिका बारेमा समेत जानकारी गराएका थिए । सहकारीको असुलीदर ९४.९ प्रतिशत रहेको बताउँदै तरलतादर समेत झारेको बताए । आर्थिक बर्ष २०७८/७९ को असार मसान्तसम्म तरलता प्रतिशत २२.१२ रहेपनि ०७९/८० को चैत मसान्तसम्ममा तरलतादर १४.३० प्रतिशतमा झरेको अध्यक्ष श्रेष्ठले बताए । सहकारीको शेयरपुँजी ४७ करोड २१ लाख ५५ हजार ३०० रुपैयाँ रहेको छ भने बचत २ अर्व ९ करोड माथि रहेको कार्यक्रममा अध्यक्ष श्रेष्ठले बताए । संस्थाले चैत मसान्तसम्मा ३ अर्ब ७५ करोड ९० लाख ६० हजार ६३० रुपैयाँ ९९ पैसा लगानी गरेको तथा जगेडा तथा अन्य कोषमा १७ करोड १४ लाख ४५ हजार ७७२ रुपैयाँ ६० पैसा रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

karnali aa

संस्थाका सचिव भूपाल बस्नेतले सहकारीको कोषको उदेश्य र सहकारीले गर्दै आएका गतिविधिका बिषयमा प्रकाश पारेका थिए ।  सम्मानीत ब्यक्तित्व मध्येबाट चित्रकला पौडेल र दुर्गाप्रसाद नेपालले आ–आफ्नो धारणा राखेका थिए । संस्थाका कोषाध्यक्ष एकराज बिष्टले स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै ठूला–ठूला बैंकहरुले दिन नसकेको सेवासुविधा सहकारीले दिदै आएको बताए । उनले कर्णाली साकोसले विना धितो सदस्यहरुलाई ५ लाखसम्म ऋण दिदै आएको समेत जानकारी दिए । 

कार्यक्रमको सञ्चालन सहकारीका मानव संसाधन बिभाग प्रमुख लक्ष्मीनारायण भट्टराईले गरेका थिए ।  कार्यक्रममा संस्थाका सञ्चालक सदस्य गणेश पराजुली, जानुका ओलीलगायतको उपस्थिति रहेको थियो ।