बिराटनगर। 

नेपाल अर्बुद रोग बिजेता समाजको आयोजना तथा कोशी प्रदेश प्रहरी श्रीमती संघको सहकार्यमा एक दिने पाठेघर तथा स्तन क्यान्सर रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

कोशी प्रदेश प्रहरी श्रीमती संघकी कोषाध्यक्ष सिर्जना नेपाल दाहालको प्रमुख आतिथ्यमा प्रदेश प्रहरी कार्यालय बिराटनगरमा भएको कार्यक्रममा बिशेष गरी महिला प्रहरी कर्मचारीहरु, तथा प्रहरी परिवारका सदस्यहरु र कोशी प्रदेश प्रहरी श्रीमती संघका पदाधिकारीहरुका साथै अन्य प्रहरी कर्मचारीहरु गरी १५० जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल क्यान्सर सरभाईबर सोसाईटीको अध्यक्ष प्रतिमा खनाल, बिराट मेडिकल कलेज टिचिङ हस्पिटलका डा. अस्मिता रायमाझी, बिराट मेडिकल कलेज टिचिङ हस्पिटलका डा. ज्योती ओझा र नेपाल क्यान्सर सरभाईबर सोसाईटीको बोर्ड सदस्य पुजा कुवँरले आ–आफ्नो अनुभवसहित प्रशिक्षण दिएका थिए ।  

उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी श्रीमती संघको तर्फबाट नेपाल अर्बुद रोग बिजेता समाजलाई सहयोग स्वरुप नगद  १० हजार रुपैयाँ सहयोग प्रदान श्रीमती संघकी कोषाध्यक्ष सिर्जनाले गरेकी थिइन् ।

नेपाल प्रहरी कर्मचारीहरु तथा आश्रित परिवारजनहरुले महिलाहरुमा हुने क्यान्सर रोग सम्वन्धी ज्ञान हासिल एवं विशेषज्ञ चिकित्सकहरुबाट राय सुझाब प्राप्त गरी लाभान्वित भएको र सचेतना कार्यक्रममा सहकार्य गर्न पाँउदा मनोवल बढेको महसुस भएको बताइन् ।