हल्दिबारी ।

कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडको आयोजनामा शुक्रबार  हल्दिबारी गाउँपालिका वडा नम्बर १ को गोलधाप स्वास्थ्य चौकीमा स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर जाँच सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

विराट मेडिकल कलेज बिराटनगरको प्राविधिक सहयोगमा क्यान्सर रोग सम्बन्धी वरिष्ठ विशेषज्ञ अस्मिता रायमाझीले स्वास्थ्य परीक्षणका लागि शिविरमा आएका महिलाहरुको चेकजाँच तथा परामर्श दिएकी थिइन् ।

सो स्वास्थ्य शिविरमा हाल्दिबारी गाउँपालिका भित्रका १५० भन्दा बढी महिलाहरुले प्रत्यक्ष लाभ लिएका थिए । स्वास्थ्य शिविर सञ्चालनमा गोलधाप स्वास्थ्य चौकीका कर्मचारीहरु पनि सक्रियरुपमा खटेको जनाइएको छ । निःशुल्क स्वास्थ्य शिविर दिउँसो ११ बजे सुरु भई साँझ ६ बजेसम्म सञ्चालन भएको थियो ।

निःशुल्क स्वास्थ्य शिविरको संक्षिप्त उद्घाटन कार्यक्रम संस्थाका सचिव तथा शिक्षा उपसमितिका संयोजक भुपाल बस्नेतको अध्यक्षतामा गरिएको थियाे । संस्थाका सञ्चालक समिति अध्यक्ष टसबहादुर श्रेष्ठले ब्यानर वाचन गरी शिविरको उद्घाटन गरेकाे जनाएको छ।