झापा ।

झापा जिल्लाको  शिवसताक्षी नगरपालिकामा  म्यानेजर्स क्लब अफ शिवसताक्षिको आयोजनामा १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

शनिबार(आज) सम्पन्न सो कार्यक्रममा सहकारीको बर्तमान अबस्था र भविश्यको बाटो साथै कर्मचारिहरुको काम, कर्तव्य र भुमिकाको बारेमा जानकारी गराइएको थियो।

कतिपय सहकारीहरुले सर्बसाधारणले जम्मा गरेको रकम लिएर भाग्ने गरेका कारण सहकारी प्रतिको विश्वास हट्दै गएको सहभागीहरुले बताएका थिए।

सो सहकारीका अध्यक्ष जिल्ला बचत तथा सहकारी संघ झापाको संचालक सदस्य विनोद ढकालले कर्मचारी र व्यवस्थापकले इमान्दारीका साथ काम गर्ने हो भने राम्रो सफलता हासिल गर्न सकिने बताए। उनले आगामी दिनमा सहकारी लाइ स्थानीय स्तरमा लोकप्रिय बनाउदै लैजानु पर्नेमा जोड दिए।

 सहकारी संघ झापाको लेखा सुपरिबेक्षण समितिको संयोजक चुडामणि ओझा साथै सहजीकरण सहकारी शाखा शिवसताक्षि प्रमुख बद्री कुमार दाहाल लगायत सो कार्यक्रममा ३१ वटा सहकारी संस्थाको संचालक, व्यवस्थपक र  कर्मचारीहरुको उपस्थिति रहेको थियो।