बिर्तामोड । 

स्वास्थ्य र सुरक्षा श्रमिकको मौलिक अधिकार’ भन्ने मुल नाराका साथ नेपाल ब्यापार कर्मचारी संघ (युनिकम) ले झापाको बिर्तामोडमा खुल्ला रक्तदान कार्यक्रम गरेको छ । 

युनिकमले १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर सोमवार (आज) गरेको रक्तदान कार्यक्रम ५२ पिन्ट रगत संकलन गरेको हो । 

युनिकम बिर्तामोड नगर समितिको आयोजना तथा रोटरी क्लब अफ बिर्तामोड मिडटाउन, रोङ बिद्यार्थी एकता समिति, रोटर्याक्ट क्लव अफ बिर्तामोड मिड टाउनको सह आयोजनामा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उप–शाखाको प्राविधिक सहयोग रहेको थियो । 

unicome

युनिकम बिर्तामोड नगर समितिका अध्यक्ष खगेन्द्र चाम्लिङ राईको अध्यक्षतामा भएको रक्तदान उद्घाटन कार्यक्रममा युनिकमका केन्द्रिय अध्यक्ष गजेन्द्रबहादुर पौडेलको प्रमुख आतिथ्य रहेको थियो । 

स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश युनिकम बिर्तामोड सचिव अर्पणा सापकोटाले गरेको कार्यक्रममा प्रमुख अतिथि पौडेल, कार्यपालिका सदस्य संगिता शिवा, बिर्तामोड उद्योग बाणिज्य संघका सदस्य जीवन खड्कालगायतले शुधकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।