बिर्तामोड ।

 इलाम झापा मैत्री समाजले रक्तदान कार्यक्रम आयोजना गरेको छ । समाजले शुक्रबार बिरता लेडी जेसिज र महिला उद्यमी समूहसँगको सह आयोजनामा कार्यक्रम आयोजना गरेको हो ।

बिर्तामोडको दुर्गा मन्दिर प्राङ्गणमा आयोजित कार्यक्रममा ३३ पिण्ट रगत संकलन भएको समाजका अध्यक्ष तिलोत्तमा खत्रीले जानकारी दिइन। अस्पतालहरुमा रगतको चरम अभाव भएकाले कार्यक्रम आयोजना गरिएको महासचिव दिनेश भट्टराईले बताए ।

मैत्री समाज सामाजिक कार्य गर्ने उद्धेश्यले इलाममा जन्मिएर झापामा बसोबास गर्ने मानिसहरुको साझा संस्था हो । समाजको चौथो अधिवेशनबाट चयन भएको नयाँ समितिको  आयोजनामा भएको रक्तदान पहिलो कार्यक्रम भएको सचिव सागर रिजालले जानकारी दिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडले प्राविधिक सहयोग गरेको समाजका उपाध्यक्ष नरेश कर्मचार्यले जानकारी दिए ।

कार्यक्रममा समाजकी कोषाध्यक्ष सीता न्यौपानेसहित कार्यसमिति सदस्यहरु, नगर सचिव मिलन कोइराला, बिरता लेडी जेसिजकी अध्यक्ष संगिता गिरी, कार्यकारिणी उपाध्यक्षद्वय मेनुका ओली र अर्चना राउत, उपाध्यक्षहरु प्रभा राय, प्रियंका उप्रेती, मुना ढुङ्गेल, महासचिव निशा शाक्य, कोषाध्यक्ष सुमित्रा भट्टराई, महिला उद्यमी समूहका उपाध्यक्ष यसोदा उप्रेती, कोषाध्यक्ष शिला चुडाल तिम्सिना, बिर्तामोड उद्योग वाणिज्य संघकी राधिका चुडाल हुमागाइ लगायतको उपस्थिति रहेको थियो ।