• राजु बराल 

चन्द्रगढी । 

झापाको चन्द्रगढीस्थित लेखनाथ पुस्तकालयमा साहित्यकार माधव बिडारीको उपन्यास ‘अनन्त यात्राको चर्चा परिचर्चा’ कार्यक्रम  सम्पन्न भएको छ । लेखनाथ पुस्तकालयले प्रत्येक महिनाको अन्तिम शुक्रबार गर्ने शुक्रबारे साहित्यिक भेला अन्तरगत उक्त कार्यक्रम सम्पन्न भएको हो ।

साहित्यकार चुडामणि रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा साहित्यकार बिडारीको परिचय साहित्यकार होम सुबेदीले गराएका थिए भने उपन्यास अनन्त यात्राको बारेमा समिक्षा साहित्यकार चुडामणि वशिष्ठ र डा. गंगाप्रसाद अधिकारीले समिक्षा गरेका थिए । 

 कार्यक्रममा प्रमुख अतिथि रेग्मी, गितकार दिनेश अधिकारी, साहित्यकार राजेन्द्र संग्रौला, माधव बिडारी र  केशव आचार्यले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा साहित्यकार मिना अधिकारी र  खगिन्द्रा खुशीले कविता वाचन गरेका थिए भने साहित्यकार देबीचरण भन्डारी र गायक अर्जुन खरेलले गित प्रस्तुत गरेका थिए । 

लेखनाथ पुस्तकालयका अध्यक्ष हरि नेउपानेको अध्यक्षता र आरती पोखरेलले स्वागत गरेको कार्यक्रमको सन्चालन हरि किशोर आचार्यले गरेका थिए ।