हल्दिबारी । 

सिम्रिक बचत तथा ऋण सहकारी संस्था बिर्तामोड–४ झापाले हल्दिबारी गाउँपालिका वडा नं. १ गोलधापको सरस्वती माध्यमिक विद्यालय बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेको छ । 

झापाको शैक्षिक गुणस्तर बृद्धिका लागि संस्थाले आइतवार आज) शैक्षिक सामाग्री बितरण गरेको हो । सिम्रिक साकोसले बिद्यालयका बिद्यार्थीहरुलाई ५० थान स्कूल ब्याग, २ सय १५ थान टाई र २ सय २० थान बैल्ट प्रदान गरेको छ ।

गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनको प्रमुख आतिथ्य, हल्दिबारी–१ का वडाध्यक्ष देवीप्रसाद थापा हल्दिबारीकी शिक्षा शाखा प्रमुख जनककुमारी राइ विशेष आतिथ्य साकोसले उक्त सामाग्री बितरण गरेको जनाइएको छ । 

शैक्षिक सामाग्री वितरण कार्यक्रमका संस्थाका अध्यक्ष सुवास भट्टराई, सचिव ईन्द्रबहादुर कार्की, कोषाध्यक्ष मेहरमान बिष्ट, कार्यकारी प्रमुख कमलबहादुर बस्नेत र विभागिय प्रमुख प्रेम बस्नेतद्वारा सिम्रिक सहकारीको तर्फबाट विद्यालयका बिद्यार्थीका लागि सो सामाग्री प्रदान गरेका थिए । 

कार्यक्रममा गाउँपालिका अध्यक्ष लिङ्देनले सिम्रिक सहकारीलाई शैक्षिक सामाग्रीका लागि विशेष धन्यवाद दिएका थिए । उनले सरकारले मात्र नभई हरेक क्षेत्रबाट शैक्षिक गुणस्तर सुधारका लागि यसरी नै हातेमालो गर्दै अघि बढ्नुपर्ने बताए । अध्यक्ष लिङ्देनले आगामी दिनहरुमा शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकाले सदैव साथ र सहयोग गर्ने बताए । 

साकोसका अध्यक्ष सुवास भट्टराईले शैक्षिक गुणस्तर सुधारका लागि सिम्रिक सदैव साथमा रहको र विद्यालय ब्यवस्थापन समिति, प्रधानाध्यापक र विद्यालयका शिक्षकहरुको भुमिका समेत उत्तिनै रहेको बताउँदै हल्दिबारी गाउँपालिकामा नमुना विद्यालयका रुपमा स्थापित हुनका लागि शुभकामना ब्यक्त गरेका थिए ।