झापा । 

झापाको कमल नगर अस्पताललाई अमेरिकास्थित हेल्पिङ हेन्ड फर रिलिफ एण्ड डेभलपमेन्ट नामक अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाले वर्क फर नेपाल मार्फत करिब ५० लाख मुल्य बराबरका स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

गाउँपालिकाद्धारा सञ्चालित सो अस्पताललाई दोश्रो पटक सो संस्थाले बुधबार कोशी प्रदेशकी स्वास्थ्य मन्त्री निर्मला लिम्बुको प्रमुख उपस्थितिीमा सर्जिकल तथा प्रयोगशाला (ल्याब) सँग सम्बन्धित २०० प्रकारका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

ती सामग्री गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले अस्पतालका मेसु डा. फुलकचन्द्र लावतीलाई हस्तान्तरण गरेका छन् । सोही अवसरमा मन्त्री लिम्बु र हेल्पीङ हेण्डका नेपालस्थित कार्यक्रम प्रमुख जिवप्रसाद पोखरेलले संयुक्त रुपमा अस्पताल परिसरमा जडान गरिएको खानेपानी प्लान्टको समेत उद्घाटन गरेका छन् । प्लान्टबाट वितरित पानी पिएर उनीहरुले उद्घाटन गरेका हुन् ।