• राजु बराल 

चन्द्रगढी ।

भद्रपुर नगरपालिका क्षेत्रमा क्रियाशिल सन्चारकर्मीहरु आबद्ध रहेको भद्रपुर प्रेस क्लवको भवनको आज (शनिबार) शिलान्यास भएको छ । झापाको चन्द्रगढीस्थित नेपाल पत्रकार महासंघ भवनको माथिल्लो तलामा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले उक्त भवनको शिलान्यास गरेका हुन् ।

पच्चिस लाख रुपैयाँको लागतमा कार्यक्रम हलसहित क्लबको कार्यालय कोठा निर्माण गर्ने लक्ष्य रहेको भद्रपुर प्रेस क्लबका अध्यक्ष राजबाबु शङ्करले बताए। प्रेस क्लबको भवन शिलान्याससँगै सन्चारकर्मीको क्षमता बिकास गर्ने उद्देश्यले दुइ दिने आधारभुत पत्रकारिता प्रशिक्षण भद्रपुर स्थित होटल उडल्यान्डमा शुरु  भएको छ ।

भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न प्रशिक्षण उदघाटन कार्यक्रममा प्रमुख अतिथि पोखरेल, पूर्वमन्त्री ओम प्रकाश सरावगी, वडा नं. ८ का वडाध्यक्ष मनोज सुब्बा गौरव, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी र  नेउबा संघका पुर्व प्रदेश अध्यक्ष टिकाराज ढकालले शुभकामना मन्तब्य राखेका थिए । 

भद्रपुर प्रेस क्लबका अध्यक्ष राजबाबु शङ्करको अध्यक्षताभएको कार्यक्रममा स्वागत गोबिन्द चन्दक्षेत्रि र सन्चालन डिल्लीरमण नेपालले  गरेका थिए  । दुइ दिवशिय पत्रकारिता प्रशिक्षणको पहिलो दिनको सहजिकरण पत्रकार युवराज गौतमले गरेका थिए भने दोस्रो दिनको सहजिकरण नेपाल पत्रकार महासंघ झापाका सचिव डिकेश लामाले गर्ने कार्यक्रम रहेको छ ।