बिर्तामोड । 

यशोदा निरौला स्मृति प्रतिष्ठान बिर्तामोड– ५ झापाले अपाङ्गलाई निःशुल्क ह्वील चियर वितरण गरेको छ । यशोदा निरौलाको आठौं स्मृति दिवस तथा सभाको अवसर पारेर बिर्तामोडमा आइतबार (आज) एक लाख रुपैयाँ बराबरको ह्वील चियर वितरण गरिएको हो । 

प्रतिष्ठानका अध्यक्ष नन्दीकेशर निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ र प्रतिष्ठानका बयोबृद्ध तथा संरक्षक प्रेमप्रसाद निरौलालले संयुक्त रुपमा ह्वील चियर वितरण गरेका हुन् । 

कार्यक्रममा अपाङ्गहरु अर्जुनधारा–७ का टेकबहादुर राई, १० का सत्यनारायण चौधरी, ९ का सन्तोष राजवंशी र दलबहादुर कार्की, ६ का युदेन लिम्बु, बिर्तामोड –६ का सुनिता शर्मा, २ का पुकार राजवंशी, १० का सोमबहादुर लिम्बु र कनकाई–७ का झकडबहादुर दर्जीगायतलाई ह्वील चियर वितरण गरिएको छ । 

weelchair

स्वागत संस्थापक अध्यक्ष बिष्णुकुमार निरौलाले गरेको कार्यक्रममा प्रमुख अतिथि तामाङ, सञ्चारकर्मी कुमार भट्टराई, नेपाल उद्यमशील महिला संघ झापा अध्यक्ष सुश्मा भण्डारी पौडेल, जेष्ठ नागरिक सभाहल निर्माण उपभोक्ता समितिका संयोजक नारायण चिमरिया, पाथिभरा टोल सुधार संस्थाका अध्यक्ष तेजप्रसाद शिवाकोटी, पाथिभरा टोल सुधार संस्था जेष्ठ नागरिक समुहका अध्यक्ष भवानीप्रसाद चिमरियालगायतले शुभकामना मन्तव्य राखेको पुष्प आचार्यले जानकारी दिए । 

अपाङ्गको समस्या र कार्यक्रमको औचित्यमाथि प्रकाश अपाङ्ग समाज अर्जुनधाराका अध्यक्ष खेम रेग्मीले पारेको कार्यक्रमको सञ्चालन समाजसेवी पण्डीत भिम नेपालले गरेको प्रतिष्ठानका संस्थापक सदस्य राम आचार्यले बताए । 

प्रतिष्ठानले १५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरी त्यसबाट प्राप्त ब्याजबाट प्रत्येक बर्ष असाहय, दीनदुःखी, सामाजिक तथा धार्मिक संघ÷संस्थालाई सहयोग गर्दै आएको प्रतिष्ठानका सचिव तथा स्व.यशोदा निरौलाका श्रीमान रमेश निरौलालले बताएका छन् ।