झापा । 

एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपालको टोली सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार(आज)भएको खेलमा बंगलादेशलाई पराजित गर्दै नेपाल एक खेल अगावै समूह ए बाट सेमिफाइनलमा पुगेको हो ।

 राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको खेलमा लगातार दोस्रो जित निकाल्ने क्रममा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो। पहिलो सेटमा नेपालले बंगलादेशलाई २५–१० ले हरायो । त्यस्तै नेपालले दोस्रो सेटमा २५–८ र तेस्रो सेट २५–९ को जित निकाल्यो ।

 नेपालको जितसँगै समूह एबाटै भारत पनि एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ । भारतले मंगलबार नै भएको खेलमा कीर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।