बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिकाले कुष्ठरोगीको पहिचानको लागि संकास्पद विरामी जाँच कार्यलाई अघि बढाएको छ । यस रोगको उच्च जोखिममा रहेको वडा नम्बर १० मा अभियाननै सञ्चालन गरीएको थियो ।

बिर्तामोड–१० नम्बर वडामा एक सय एक जना संकास्पद विरामी जाँच गर्दा ५ जना नयाँ कुष्ठरोगी थपिएको नगरका सिनियर अहेब अधिकृत तथा फोकल पर्सन दिपक सापकोटाले जानकारी दिए।

जेठ ६ गतेदेखि सञ्चालन भएको अभियान अन्तर्गतको कुष्ठरोग शंकास्पद परिक्षण कार्यक्रममा १९ जनाको छाला जाँच गरिएको र उनीहरुको आइतबार भोलीसम्ममा रिपोर्ट आउने जनाइएको छ ।  

वडा नम्बर १० मा तालिम प्राप्त स्वास्थ्यकर्मी परिचालन गरि कुष्ठरोग निवारणका लागि अभियान सञ्चालन गरिएको हो । बिर्तामोडमा कुष्ठरोगीको संख्या २९ जनाबाट बढेर ३४ पुगेको छ । यसअघि ९ जनामात्रै रहेको वडा नम्बर १० मा ५ जना कुष्ठरोगी थपिएपछि १४ पुगेको हो ।