झापा । 

साहित्य चौतारी बिर्तामोड झापाको २४ औं बार्षिकोत्सव तथा रजत बर्ष प्रवेशको अवसरमा साहित्य चौतारी महाअभियानमा आवद्ध बिद्यालयहरुका बिद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । 

प्रत्येक बिद्यालयमा मासिक रुपमा भएको साहित्य, संगीत र कला क्षेत्रका उत्कृष्ट बिद्यार्थीहरुलाई शनिवार (आज) बिर्तामोडस्थित साहित्य चौतारीको कार्यालयमा प्रयोगात्मक कार्यक्रम गरी पहिलो, दोस्रो र तेस्रो हुने बिद्यार्थीलाई प्रमाणपत्र बितरण गरिएको हो । 

साहित्य चौतारी झापाका अध्यक्ष हस्त परियारको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ संगीतकार जीवन अधिकारीको प्रमुख आतिथ्य रहेको थियो । 

sahitttt

कार्यक्रममा बिद्यार्थीहरुले नृत्य, गायन, चित्रकला, कविता, लगायतका बिधामा आफ्नो प्रस्तुती दिएका थिए । बिद्यालयको मासिक सांगीतिक काब्यसभाबाट प्रत्येक महिना सञ्चालन भएको प्रतियोगित्माक उक्त बिधामा प्रथम भएका प्रतिस्पर्धीहरु मध्येबाट अन्तिम छनौट भएर जिल्ला स्तरीय फाइनलमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई प्रमाणपत्र प्रदान गरिने संरक्षक देबीभक्त श्रेष्ठले बताए ।  

स्वागत उपाध्यक्ष कृष्ण सुवेदी निराकरले गरेको कार्यक्रममा साहित्यकार बसन्त बेग थापा, नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य हरि पौडेलको बिशेष आतिथ्य रहेको थियो ।

कार्यक्रमको सञ्चालन साहित्य चौतारी झापाका सह–सचिव देबीचरण भण्डारीले गरेका थिए । कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक, शिक्षक, साहित्य क्षेत्रका बिशिष्ठ ब्यक्तित्व, बिद्यार्थीलगायतको सहभागीता रहेको थियो ।