हल्दिबारी । 

झापाको हल्दिबारी ३ स्थित रामेश्वर प्राथमिक विद्यालयका बाल विकासका ६० जना नानीबाबुहरुको स्वास्थ्य परीक्षण भएको छ।  बिद्यालयकाे आयाेजना तथा प्रदेशिक अस्पताल भद्रपुर पोषण शाखाको सहयोगमा बुधवार (आज) विद्यालयमै पोषण खाना पकाई  खुवाउने र सर्वोत्तम पिठो बाड्ने कार्य गरिएको हो। साथै अभिभावक वर्गलाई पोषण सम्बन्धि १ दिवसीय  सचेतना तथा शिक्षा दिने कार्यक्रम पनि सम्पन्न भएको हो।

कार्यक्रममा प्रादेशिक अस्पताल भद्रपुरका मेडिकल अधिकृत डा पारीजा सरकार, शाखा अधिकृत रेखनाथ  दाहाल, पोषण प्रबन्धक गंगा लिम्बू, नासु  बशिष्ठ अधिकारी, सलेपा यसोदा कडेल, अनमी तेजमाया गुरुङ, चन्द्रकला ढकाल, सहयोगी लीलामाया बटुवालको उपस्थित रहेको थियो।

बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष यसोदा भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा शाखा हल्दिबारी सुमन चौधरी, पुष्करनाथ ओझा, हल्दिबारी ३  का वडा सचिव  राजन खतीवडा, शुभप्रभात कृषि सहकारी अध्यक्ष लालबहादुर कन्दङ्वा, पूर्ब विब्यस अध्यक्ष मानबहादुर तेन्यु, शुष्मा कन्दङ्वा, ताराबहादुर बोहोरा लगायत विव्यस, शिअ संघका पदाधिकारी, अभिभावक, शिक्षक, विद्यार्थीहरूको उपस्थिति रहेको बिद्यालयको प्रधानाध्यापक मेनका शर्माले जानकारी दिइन्।