किसान तिमी आमा हौ, 

संसार ब्रह्माण्डलाई पाल्दछौ।

किसान तिमि पृथ्वी हौ,

बिश्व सृष्टिको जगतलाई थाम्दछौ।

तिमी आफू भोकै भएर , जगतलाई पाल्दछौ,

तिमी आफू नाङ्गै भै, सृष्टिलाई न्यानो दिन्छौ।

आफ्नो लागि केही सोच्दैनौ, अर्काको नै चिन्ता लिन्छौ,

जति अपमान भएपनि तिमी आफु, जगतलाई सम्मान गर्दछौ।

 किनकी तिमी आफू किसान हौ

विश्व जगतको तिमी आमा हौ।

आज असार १५गते धान दिवस हो,

किसान तिमिलाई सम्मान गर्दै शुभकामना ।

  •  भूपाल बस्नेत, झापा