बिर्तामोड । 

गुरु पूर्णिमा तथा व्यास जयन्तीको अवसर पारेर सनातन धर्म सेवा समिति झापाले ४० औं अभिनन्दन तथा सम्मान  समारोह सम्पन्न गरेको छ ।  संस्थाका कार्यबाहक सभापति पं. सोमनाथ सुवेदीको सभापतित्वमा सोमबार आयोजना भएको कार्यक्रममा सामाजिक एवं धार्मिक व्याक्तित्व पं. दामोदर पोखरेललाई अभिनन्दन र पूर्व अञ्चल न्यायाधीश नन्दप्रसाद पौडेललाई सम्मान गरिएको थियो । 

बिर्तामोड नगरपालिकाका उप–प्रमुख नगेन्द्रप्रसाद  संग्रौलाको प्रमुख आतिथ्य भएको कार्यक्रममा डा. रुपकप्रसाद खनाल, डा. पुण्य सिग्देल, रबिनकुमार शर्मा खनाल,  सोमनाथ गौतम, नारायणप्रसाद भट्टराई, देवीभक्त श्रेष्ठ, नेत्रकुमारी खनाल, गणेशप्रसाद खनाल, नैनकला भट्टराई, देवी दंगाल, पुण्यप्रसाद दंगाल, प्रेमप्रसाद कडरिया, गोपीकृष्ण प्रसाई, प्रेमप्रकाश फलहारी, रुपादेबी खनाललगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा पं. ज्यो. बिष्णु बास्तोलाको अगुवाईमा ओमकार उच्चारण गरि शुरु गरिएको कार्यक्रममा उपसभापति गंगाप्रसाद भट्टराई बोझेले स्वागत, गार्गी बिद्या पिठबाट उपस्थित माताहरुको समूहद्वारा स्वस्ति वाचन, लक्ष्मीप्रसाद खनालले जगदिश्वर स्तुति र देवीभक्त श्रेष्ठले  राष्ट्रियगान गाएका थिए।

सभाध्यक्ष पं सोमनाथ सुवेदी र विशिष्ट अतिथि रुपकप्रसाद खनालले पानसमा दीप प्रज्वलन गरेर  कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा अभिनन्दन पत्र र सम्मानित व्याक्तित्वको परिचय सचिब लक्ष्मीप्रसाद दंगालले गराएका थिए । नैनकला भट्टराई, डा. रुपकप्रसाद खनाल, डा. पुण्यप्रसाद सिग्देल र नारायण प्रसाद भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।  कार्यक्रममा प्रमुख अतिथि र सभाध्यक्षले उनीहरूलाई अभिनन्दन पत्र र सम्मान पत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरेका थिए ।