झापा।
झापाको गौरीगञ्ज गाउँपालिका–६ का प्रसदिया सरदारको १५ बर्षीय छोरा बिजय सरदारको चट्याङले लागेर मृत्यु भएको छ ।
बुधवार बिहान घर नजिकै खेतमा काम गरिरहेको अवस्थामा अचानक खसेको चट्याङले लाग्दा सरदारको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।
चट्याङले लागेर अन्य दुई जना समेत घाईते भएको र उनीहरुको म्याक्स अस्पताल गौरादहमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।


















