झापा ।
वन पैदावार हानी नोक्सानी तथा ओसारपसार गरेको मुद्दाका फरार एक जना प्रतिबादी पक्राउ परेका छन् । झापाको बाह्रदशी गाउँपालिका वडा नं.५ का ४४ बर्षिय बेदप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।
झापा जिल्ला अदालतको मिति २०७९/०२/०९ गतेको फैसला अनुसार फरार रहेका प्रतिबादी पौडेललाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले बिहीवार पक्राउ गरेको हो ।
पौडेललाई पक्राउपछि फैसला कार्यान्वयनका ेलागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको छ । उनलाई अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पौडेलले २ महिना कैद ४८ हजार ४७५ जरिवाना र एक हजार ९३९ रुपैयाँ पिडित राहत कोषमा जम्मा गर्नु पर्ने अदालतले फैसला गरेको थियो ।

















