हल्दिबारी । 

झापाको हल्दिबारी गाउँपालिका वडा नं ४ ले समावेशी स्मारिका विमोचन गरेको छ । सोही कार्यक्रमा बिच जातीय भेषभुषासमेत वितरण गरेको हो ।

हल्दिबारी–४ मा रहेका बिभिन्न जातजातीको भाषा, धर्मसंस्कृति रीतिरिवाज समेटिएको स्मारिका तयार गर्न सहयोग गर्ने स्मारिका सम्पादन मण्डलका संयोजक हैकम घिसिङ, तथ्यांक संकलनमा सहयोग गर्ने सन्तोष मेचे, काजिमान घिसिङ, रणकुमार राजबंशी, अम्बर लिम्बु, पबित्रा सेन्चुरी लगायतलाई सोही कार्यक्रमकाबिच सम्मान गरिएको छ । 

हल्दिबारी–४ का वडाध्यक्ष सन्तकुमार थापाको अध्यक्षता भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रबिन्द्रप्रसाद लिङदेनको प्रमुख आतिथ्य रहेको थियो । प्रमुख अतिथि लिङ्देनले स्मारिकाको बिमोचन गरेका थिए ।  कार्यक्रममा वडा सदस्य सदस्य भगिरथा दाहाल, शान्ता विश्वकर्मा, सुरेन्द्र बाराकोटी, जलथल प्रहरी चौकी इन्चार्ज देवेन्द्र सुव्वा, शिक्षक बडाराम हेमरम, पाताञ्जली योग समितिका अध्यक्ष मिलन विश्वकर्मा, बाल संजाल अध्यक्ष पवन गिरी लगायको उपस्थिति रहेको थियो । 

स्वागत शान्तादेबी बिश्वकर्मा, कार्यक्रमको औचित्यमाथि प्रकाश जितबहादुर राजबंशीले पारेको कार्यक्रमको सञ्चालन वडासचिव जयप्रसाद पोख्रेलले गरेका थिए ।