झापा । 

झापाबाट भष्ट्राचार तथा घुस र चोरी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले पक्राउ उनीहरुलाई पक्राउ गरेको हो । 

प्रतिवादीहरु विशेष अदालत र झापा जिल्ला अदालतको बिभिन्न मितिमा फैसला भई फरार रहँदै आएका थिए । पक्राउ पर्नेमा भष्ट्राचार (घुस/रिसवत) मुद्दाका दमक नगरपालिका–९ का ३७ बर्षिय सुवास गर्तौला र चोरी मुद्दाका बिर्तामोड नगरपालिका–५ का २२ बर्षिय सुरज भन्ने सुरेश राजवंशी रहेका छन् । 

गर्तौला विशेष अदालतको मिति २०७५/०७/१५ गतेको फैसला अनुसार भष्ट्राचार (घुस÷रिसवत) मुद्दामा १ महिना कैद १५ हजार रुपैयाँ जरिवाना फैसला भई फरार रहेका थिए भने राजवंशी झापा जिल्ला अदालतको मिति २०७७/०९/२३ गतेको फैसला अनुसार २ वटा चोरी मुद्दामा र मिति २०७८/१२/१० गतेको फैसला अनुसार १ वटा चोरी मुद्दामा २ बर्ष कैद २० हजार रुपैयाा जरिवाना फैसला भई फरार थिए ।

दुबै जना फरार प्रतिवादीलाई पक्राउपछि सोमवार फैसला कार्यान्वयनकोलागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको थियो । अदालतको आदेश अनुसार उनीहरुलाई कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।