काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। अहिले उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ। 

अवस्था गम्भीर बनेपछि बिहान अस्पताल ल्याइएको अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले बताए। उनको उपचार भइरहेको उनले बताए। 

अस्पतालमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायत माओवादीका शीर्ष नेता पुगेका छन्।