मेचीनगर । 

स्कुलको सेप्टिक ट्यांकीमा डुबेर मृत्यु भएका  ८ वर्षीय बालक तान्छोकहाङ लिम्बुको मृत्यु प्रकरणमा सत्यतथ्य  छानबिन गर्न मेची नगरपालिकाले ३ सदस्यीय छानबिन समिति गठन गरेको छ । 

झापाको मेचीनगर–१० धुलाबारीस्थित सानो साथी किन्डर गार्टेन नामक स्कुलका बालकको उपचारका क्रममा मृत्यु भएपछि सत्यतथ्य पत्ता लगाई दोषीलाई कानुनी कार्वाही गर्न समिति बनाएको हो । 

नगरपालिकाले जनप्रतिनिधि हृदय राजबंशीको संयोजकत्वमा शिक्षा शाखा प्रमुख होमराज भण्डारी र १० का अध्यक्ष नारायण खनाल सदस्य रहने गरी छानबिन समिति गठन गरेको प्रशासकीय अधिकृत महेश पराजुलीद्वारा जारी प्रेस बिज्ञप्तीमा उल्लेख छ ।

यसअघि असाइ २७ गते मन्टेस्वरीका सञ्चालक र कर्मचारीको चरम लापरबाही गरेर आफ्नो नानीको ज्यान गएको भन्दै मृतककी आमा मेरिना लिम्बु र बुवा खर्कबाहादुर सुब्बाले इलाका प्रहरी कार्यालय धुलाबारीला लिखित जाहेरी दिएका थिए ।

जाहेरीमा सञ्चालक तथा प्रिन्सिपल मनोज गुरुङ, व्यवस्थापक अनिसा पोखरेल, सञ्चालक सुरेन रसाइली र कर्मचारी रमा सुनारलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कानूनी कार्वाहीको माग गरिएको छ ।