बिर्तामोड ।

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ मा सञ्चालित  एमिटी कलेजमा कक्षा ११ मा धमाधम भर्ना शुरु भएको छ ।  बिर्तामोड नगरकै अंग्रेजी माध्यमबाट पढाई हुने पहिलो बिद्यालयका रुपमा स्थापित एमिटी कलेजमा बिजनेस स्टडी, कम्प्युटर साइन्स र होटल म्यानेजमेन्ट बिषयमा भर्ना भइरहेको हो । बिद्यार्थीका लागि सुबिधा सम्पन्न एमिटी कलेजले शैक्षिक सत्र २०८०/०८१ का लागि कक्षा ११ मा भर्ना शुरु गरेको छ । 

प्रिन्सिपल आरएस ढकालका अनुसार कलेजमा मोर्डन होटल म्यानेमेन्ट ल्याव, कम्प्युटर ल्याव, पुस्ताकालयहरु, श्रव्य दृश्य हल, सफ्ट स्कील क्लास, कम्युटर हार्डवेयर ल्याव, एमिटी टेलेन्ट हन्ट, गेम एण्ड स्पोर्टस, बिशेष अंग्रेजी कक्षाहरु, स्वच्छ क्यान्टिनहरू, यातायात सेवाहरू, नाटकीय अभिनय कक्षाहरू, व्यापार योजना प्रस्तुतीकरण प्रशिक्षणलगायतका बिशेषता रहेका छन् । 

त्यसैगरी एमिटी कलेजमा उत्कृष्ट शैक्षिक, सीसीए तथा इसीए योजनाहरू, प्रशस्त फ्रीशिपको साथमा आकर्षक छात्रवृत्ति, नियमित रूपमा तालिम र प्रतिभा खोज प्रतियोगिताहरू, बिद्यार्थीलार्ई भविष्यको अन्तर्वार्ता र थप अध्ययनका लागि तयार गर्न विशेष अंग्रेजी प्रवीणता कक्षा प्रदान, टाढाबाट आएका विद्यार्थीका लागि होस्टेलको व्यवस्था साथै अन्य धेरै सेवासुबिधा समेत रहेको प्रिन्सिपल ढकालले बताए । 

एमीटी कलेज स्थापनाको २५ औं बर्षको तयारी स्वरुप ए प्लस ल्याउने बिद्यार्थीलाई १०० प्रतिशत, ए ल्याउनेलाई ५० प्रतिशत, बि प्लस ल्याउनेलाई २० प्रतिशत र बि ल्याउने बिद्यार्थीलाई १० प्रतिशत छात्रबृत्ति समेत दिने गरेको प्रिन्सिपल ढकालले जानकारी दिए ।