हल्दिबारी । 

झापा हल्दिबारी गाउँपालिका वडा नम्बर १ मा रहेको जागृति क्याम्पसले पनि बस उपहार स्वरुप प्राप्त गरेको छ। क्याम्पसले समेत ३२ सिट क्षमताको एउटा बस प्राप्त गरेको हो । 

प्रदेश सांसद ओम शरावगीको पहलमा उक्त बस क्याम्पसले पाएको जनाइएको छ। उक्त बस क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष कपिलमणि चापागाईं, क्याम्पस प्रमुख खगेन्द्र निरौला, सहायक क्याम्पस प्रमुख जनक थापा, नेकपा एमाले हल्दिबारी गाउँकमिटी अध्यक्ष त्रिलोचन सापकोटाले संयुक्त रुपमा बुझेका हुन् ।

उनीहरु हिजै काठमाडौं पुगेर आज नेपाल–भारत बिकास सझेदारी कार्यक्रम अन्तर्गत प्राप्त बस संयुक्त रूपमा बुझेका हुन् ।