सुरुङ्गा । 

बालमैत्री नगर घोषणाको क्रममा रहेको झापाको कनकाई नगरपालिकाका तीन वडामा जिल्ला अनुगमन समिति झापाले स्थलगत अनुगमन गरेको छ ।

कनकाईको वडा नं ५, ६ र ८ को बालमैत्री स्थानीय शासन अवलम्बन प्रक्रियामा सूचकहरु प्राप्त भएको सम्बन्धमा जिल्ला अनुगमन समिति झापाले आइतबार स्थलगत अनुगमन भएको हो । समितिले ती तीन वटा वडाका वडा कार्यालय, विद्यालयको स्थलगत अनुगमन गरी सूचकहरुको प्रगति र अवस्था अनुगमन गरेको नगर बाल कल्याण अधिकारी उमानाथ ढकालले जानकारी दिए।

समितिले त्यस्तै बालमैत्री नगर घोषणाका लागि नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटी, वडाका जनप्रतिनिलगायत सम्वन्धित सरोकारवालाहरुसँग बालमैत्री स्थानीय शासनबारे अन्तरक्रिया समेत गरिएको नगर बाल कल्याण अधिकारी ढकालले जानकारी दिए ।

अनुगमनमा जिल्ला समन्वय समिति उपप्रमुख, सदस्यहरु, निमित्त जिल्ला समन्वय अधिकारी, शिक्षा विकास समन्वय इकाई प्रमुख, जिल्ला प्रशासन कार्यालय प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय प्रतिनिधि, नगर प्रमुख  पोखरेल, उपप्रमुख शिवाकोटी नगर बिज्ञ बालस्रोत ब्यक्ति रुद्रमणि पोख्रेल, प्रजेश खनाल प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपाने प्रशासकीय अधिकृत विवेक भण्डारी, योजना शाखाकाकी प्रमुख जमुना कटुवाल, कर्मचारी विजय पाठक जिल्ला बाल सञ्जालका अध्यक्ष र सदस्य लगायतको उपस्थिति थियो ।

नगर बालमैत्री घोषणाका लागि नगरमा अहिले पनि बालबालिकाको मनोपरामर्श कक्ष, वडा वडामा सचेतना मुलक कार्यक्रम निरन्तर चलाईरहेको छ। 

अनुगमन समितिलाई नगर बालमैत्री स्थानीय शासन समितिका अध्यक्ष तथा  नगरप्रमुख पोखरेलसहित नगर बाल अधिकार समितिका अपाध्यक्ष उपमेयर शिवाकोटी प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले नगर बाल कल्याण अधिकारी ढकाल नगर बिज्ञ बालस्रोत ब्यक्ति पोख्रेल, खनाल लगायतले उनीहरुलाई स्वागत गरेका थिए ।