• प्रकाश उप्रेती

झापा  ।

सुर्तीजन्य बस्तु बिक्री बितरण र सार्वजनिक ठाउँमा उपभोग गर्न रोक लगाउने बिषयमा सकस देखिंने धेरैले अनुमान गरेका छ्न् । झापाको कनकाई नगरपालिकामा खुला रुपमा सुर्तीजन्य बस्तुको बिक्री(बितरण बन्द गर्ने अभियान सुरु गरेसंगै पुर्णरुपमा सफल हुनेमा ब्यवसायिक दृस्टिकोणले सकस देखिने आकडा गर्न सकिन्छ ।  सार्वजनिक स्थलमा चुरोट, खैनी र गुट्खालगायतका बस्तु उपभोग गर्नसमेत वन्देज लगाउने बिषय आफैंमा राम्रो भएपनि यसले कसरी सफलता पाउँछ भन्ने बिषयले जरो गडेको पाइन्छ ।

नगरपालिकाले साउन १ गतेदेखि सधैँका लागि नगरपालिकाले नगर क्षेत्रभित्र सुर्तीजन्य बस्तु बिक्री र सार्वजनिक स्थलमा चुरोट, खैनी र गुट्खालगायतका सुर्तीजन्य बस्तु उपभोग गर्न प्रतिबन्ध लगाएको छ । 

नगरपालिकाले त्यहाँका नागरिकको स्वास्थ्यका लागि लाभ एबम्  हितकर छ । त्यसो भएपनि उक्त निर्णय दीर्घकालीन रूपमा कार्यान्वयन र प्रभाबकारी हुने(नहुने भन्ने बिषय चै महत्त्वपूर्ण बनेको छ । योजना ल्याउन सजिलै हुन्छ । तर, त्यसलाई प्रभाबकारी र निश्कर्षमा पुर्याउनु चै महत्त्वपूर्ण मानिन्छ । नगरको निर्णयलाई अहिले धेरै सर्वसाधारण र व्यापारीले समर्थन गरेका छ्न् । उनीहरुले खुलेर समर्थन गर्दै अभियानलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर पनि गरेका छ्न् ।

नगरले सार्वजनिक रुपमा सूचना टाँस गरेरै सर्वसाधारणलाई जानकारी एबम् सचेत गराएको छ ।  होटल, किराना, चट्पटे र चिया पसलमा मात्रै होइन नराख्न भनिएको छ । तर, जबसम्म नागरिक  वा सर्वसाधारण मान्छेको पकेटमा पनि सुर्तीजन्य बस्तु बोक्न वा राख्न नपाउने गरिको अभियान सुरु हुदैन तबसम्म यसखाले अभियान क्षणिक लोकप्रियताका लागि मात्रै हो भन्न अनुचित नहोला ।

आफ्नो लागि प्रयोग गर्न मानिस उसको स्वतन्त्रता अधिकारको आड लिन चाहन्छ । खैनी सुर्तीजन्य बस्तु नै हो । दैनिक ६(८ पटक नियमित रुपमा प्रयोग गर्दै आएको ब्यक्तीले १र२ खिल्ली घटाउन सक्छ तर, उसले पुर्ण रुपमा खैनी नै नखाने निर्णय लिन चै सक्छ भन्ने लाग्दैन । किनपनि सक्दैन होला भने तपाईं(हामीले दैनिक बिहान पिउने चिया एकदिनको बिहान नखादा शरीरमा खासै फरक नपर्ला तर, चिया र खैनीमा फरक छ । खैनी खादा एक प्रकारको नशा हो ।

एकपटक खाएको खैनीको रस वा प्रभाव सकिएपछि पुनः नयाँ फेर्छन् र नयाँ रसले शरीर नशामय हुनेहुँदा खैनीको प्रयोग गर्ने गरेको पाइन्छ । नेपालमा खैनी उत्पादन गर्ने कम्पनीलाई सरकारले अन्तशुल्क लगाएर करको दायरामा ल्याएको पक्कै छ । नागरिकको स्वास्थ्यप्रति सरकार मौन छ । उसले कर अशुल्नका लागि स्वास्थ्यबर्धक नहुने कम्पनीका लागि किन दर्ता दिएको हो ? सरकारी निकायले दर्ता गर्न सुरुमै रोक्दा त्यो लगानीकर्ताले अन्य उत्पादन क्षेत्रका लागि कम्पनी वा ब्यवसाय संचालन गर्नसक्थ्यो । त्यो बिषय पनि उठानको प्रश्नङ जोडिन्छ ।

अझ भन्ने हो भने झापा लगायत देशैभर वा बिदेशमा पनि सुर्ती प्रयोग गरेर गुट्का बिक्री(बितरण र उपभोग पनि बढेको छ । के गुट्का बिक्री(बितरण र उपभोग रोक्न सकिन्छ र रु के यो सम्भब छ ? यसको बारेमा प्रायःको सोच्न र ध्यान पुगेको छ । अभियान ल्याउनुअघि यस्ता बिषयमा किन बहस हुँदैन ? एक्कासी योजनाबद्व अभियानको रुप ल्याइदा त्यसको दीर्घकालीन प्रभाव हुन्छ–हुँदैन भन्ने बिषयमा किन मन्थन हुँदैन ? यो नै बहसको बिषय बनेको छ । भोला(गुट्का बजारमा चर्चित र ब्यापक बजार पाएको गुट्का हो । झण्डै ६० प्रतिशतबढी युवाले उपभोग गर्दै आएका छ्न् । 

नगरको अभियान सफल बनाउन लागेका ब्यवसायीले नै सुरुङा बजारभित्र नै लुकाएर बिक्री(बितरण गर्दै गरेको सुन्न र देख्न पाइनेछ भन्ने लाग्छ । त्यसका लागि ब्यवसायी नै एकजुट हुनुपर्छ । सामान्य टिम वा दुई(चारजनाको ग्रुपले मात्रै यस्तो अभियान सफल हुँदैन । अभियान सफल बनाउन त पहिले मानिसलाई सचेत गराउनुपर्छ  उपभोग गर्ने मानिस आफै सचेत भएमात्रै अभियानले सार्थकता पाउन्थ्यो ।

झापाको विर्तामोडलगायतका विभिन्न ठाउँमा पर्यावरण सफा गर्न भन्दै ‘पोलेथिन(प्लास्टिक झोला निषेध अभियान’ भएकै थियो । सरकारी कार्यालयदेखि निजी दर्जनौं संघसंस्थाले पनि अभियानलाई योजना नै बनाएका उदाहरण प्रशस्तै छ्न् । तर, त्यस्ता योजना अहिले कहाँ(कुन ठाँउमा लागु भएको पाइन्छ र ? दुर्गामी रुपमा त्यसले पर्ने प्रभाव र नियन्त्रण गर्न सक्ने अवस्थालाई मध्यनजर गरेर मात्रै योजनाबद्द अभियानका लागि लागी पर्नु आजको आवश्यकता हो ।

कतिपय ब्यापारीले हृदय खोलेर नगरको निर्णयलाई समर्थन गरेको पाइँदैन भने कतिपयले जरिवानको डरले सुर्तीजन्य बस्तु बेच्न राखेको पाइँदैन । नगरपालिकाले सुर्तीजन्य बस्तु बिक्री गर्नेलाई ५० हजार र सार्वजनिक स्थलमा सेवन गर्नेलाई ५ हजारसम्म जरिवाना तोकेको छ । सुर्तीजन्य बस्तु कनकाईमा निषेध गर्न स्थानीय नागरिक समाज पनि लागि परेको पाइएको छ ।

त्यसो त नेपाल त के बिश्वमै सफल नभएको राजनीति हड्ताल(बन्दलाई सधैँको लागि बन्द गरेर नमूना शहरको रुपमा कनकाई नगरपालिकालाई चिनाएको छ । राजनीति दल पनि कतिको राजनीति इमान्दार रहेछ्न् भन्ने पुष्टि हुन्छ । हड्ताल(बन्दलाई सधैंका लागि बन्द गर्ने महत्त्वपूर्ण भुमिकाअनुसार नै सुर्तीजन्य बस्तु बिक्री-बितरण रोक्ने अभियानमा लागि परे पक्कै अभियान सफल हुनेमा दुईमत छैन ।

अभियानलाई सफल पार्ने यसको नियमग र अनुगमन गर्ने टोली र निकायमा पनि भरपर्ने बिषय बनेको छ । उता सुरुङा र लक्ष्मीपुर बजार नजिक र एउटै भूगोलमा पर्ने हुनाले सुरुङाको अभियान सफल पर्ने बिषयमा लक्ष्मीपुर बजारले पनि महत्त्वपूर्ण भुमिका बोकेको छ ।