बिर्तामोड । 

पछिल्लो समय स्वास्थ्य विषयका प्राबिधिक शिक्षामा बिद्यार्थीको आकर्षण बढ्दै गएको छ । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ३ को आदर्शनगरमा सञ्चालित मेची टेक्निकल ट्रनिङ एकाडेमीले २७ बर्षदेखि स्वास्थ्य विषयका प्राविधिक शिक्षाको अध्यापन गराउँदै आएको छ । 

२५ बर्षसम्म स्वास्थ्य विषयका सिएमए तथा अनमिको अध्ययान गराएको यस संस्थाबाट नेपालकै उत्कृष्ट परिणामसहित अध्ययापन गराउदै आएको एकाडेमीले अध्ययन  सम्पन्न गरेका प्रशिक्षार्थिहरु स्वदेश तथा बिदेशमा ९० प्रतिशत भन्दा बढी रोजगारमा रहेका छन्।

शैक्षिक शत्र २०७९/८० बाट  चिकित्सा शिक्षा आयोग तथा CTEVT को नीति कार्यक्रम अनुसार स्तरवृद्धि भइ स्वास्थ्य बिषयको प्रमाणपत्र तह (HA) र फिजियोथेरापीको कार्यक्रम सन्चालनमा रहेको छ। संस्थाको आफनै सुबिधा सम्पन्न भवनमा ब्यबस्थित कक्षाकोठाहरु, प्रयोगशाला लगायत गुणस्तरीय प्राबिधिक शैक्षिक क्रियाकलापमा जोड दिएको  एकाडेमीका अध्यक्ष  दुर्गाप्रसाद उप्रेतिले बताए । 

सीटिइभिटीबाट सम्बन्धन प्राप्त उक्त एकाडेमीमा स्वास्थ्य विषयका प्राविधिक शिक्षा अध्ययन गर्ने बिद्यार्थीको संङ्ख्या बढ्दै गएको र रोजगारीको अवसर उच्च रहेको छ। आधारभुत स्वास्थ्य सेवा प्रदान गर्ने महत्त्वपूर्ण जनशक्तिको रुपमा रहेको प्रमाणपत्र तह (HA) र फिजियोथेरापीको विषयका कार्यक्रमहरु संचालनमा रहेको छ।

यस शैक्षिक सत्रमा समेत  ४०/४० जनाको कोटामा भर्ना खुलेको छ। फारम भर्ने मिति २०८० श्रावण १२ गते सम्म रहेको र प्रवेश परिक्षा २०८० श्रावण २४ गते रहेको एकाडेमीमा संयोजक पुष्कर निरौलाले जानकारी दिए।