बिर्तामोड ।  

झापाको बिर्तामोड– ६ मा सञ्चालित तक्षशीला एजुकेशन फाण्डेशन अन्तरगतको तक्षशीला प्रोग्रेसिभ इङ्लिस स्कूलले सेवा विस्तार गरेको छ । बेलायतको क्याम्ब्रिज विश्वविद्यालयसँग आवद्ध भएको तक्षशीला स्कूलले अन्तर्राष्ट्रिय स्तरको आधुनिक प्रणालीमा पठन–पाठन गराउने गरी सेवा विस्तार गरेको हो ।

विद्यालयले स्वीमिङ पुल, नयाँ स्मार्ट कक्षा कोठा, लाइब्रेरीलगायतका सुविधा थप गरेको छ । बिद्यालयले ८० जनाभन्दा विद्यार्थी अट्ने क्षमता भएको लाइब्रेरी निर्माण गरेको छ ।  त्यस्तै कक्षा १ का विद्यार्थीहरुका लागि तीन वटा स्मार्ट कक्षा कोठा निर्माण गरिएको छ ।

अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा भएको एउटा कक्षा कोठामा २० जना बिद्यार्थीले सुबिधा सम्पन्न तथा शान्त वाताबरणमा अध्ययन गर्ने किसिमका तीन वटा कक्षा कोठा निर्माण गरिएको बिद्यालयले जनाएको छ । 

नयाँ कक्षा कोठा, स्वीमिङ पुल र लाइब्रेरीको विद्यालयका सञ्चालक दुर्गा प्रसाईले उद्घाटन गरेको प्रोमिश गिरीले जानकारी दिए ।