चन्द्रगढी । 

झापाको भद्रपुर–१० चन्द्रगढीस्थित सेन्ट कुजुर एकाडेमी माध्यमिक बिद्यालयमा युवा रेडक्रस सर्कल र बाल क्लवको पुनर्गठन भएको छ । नेपाल रेडक्रस सोसाइटी भद्रपुरका सदस्य मित्रप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा आज (शुक्रबार) भएको कार्यक्रममा समिक्षा किस्कुको अध्यक्षतामा  सेन्ट कुजुर युवा रेडक्रस सर्कल पुनर्गठन भएको हो । 

नव गठित कमिटी उपाध्यक्षमा कन्चन भुजेल, सचिवमा रेचल टुडु, कोषाध्यक्ष बिन्दास श्रेष्ठ, उप–सचिव इशाक मर्डी, उप–कोषाध्यक्ष परमेश्वर अधिकारी चयन भएका छन् । त्यसैगरी सदस्यमा बिशाल सोरेन, सुभम रोक्का, एलिना राजवंशी, मिकल मगर र महिमा सोरेन रहेका छन् । बिद्यालयका प्रिन्सिपल संरक्षक रहने उक्त युवा रेडक्रस सर्कलको शिक्षक नायकमा राजु बराल र शिक्षक सह–नायकमा राधिका कोइरालालाई चयन गरिएको छ ।

सोही कार्यक्रममा सेविका भेटवालको अध्यक्षतामा २५ सदस्यीय सेन्ट कुजुर बाल क्लव गठन भएको छ । नव गठित कमिटी उपाध्यक्षमा सलिना मुर्मु, सचिवमा रोशिका भुजेल, सह–सचिवमा तमन भण्डारी र कोषाध्यक्षमा आयुस दाहाल रहेका छन् । बिद्यालय स्तरिय बाल क्लवको स्रोत शिक्षकमा स्नेहा भण्डारीलाइ चयन गरिएको छ । 

बिद्यालयका शिक्षक पार्वती उप्रेतीको अध्यक्षता, राजु बरालको सन्चालन र सेविका भेटवालले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि मित्रप्रसाद अधिकारी र बाल क्लवकी निबर्तमान सदस्य ममता कार्कीले शुभकामना मन्तब्य राखेका थिए ।