• कन्टेनरभित्र  ‘झ्याम्टा’ (बौद्धमार्गीले बाद्यबादनको रुपमा प्रयोग गर्ने) ७३ लाख ९५ हजारको, २० लाखबराबरको ८० काटुन हुक्काको फ्लेवर, ७ लाखको कोल र १२ हजार ५ सयको साबुनको १ करोड १ लाख र कन्टेनरको२० लाख गरी १ करोड २१ लाखको मालबस्तु जफत गरेको उपरीक्षक रेग्मीको भनाई छ 
  • प्रकाश उप्रेती 

 झापा ।

 करिब २ सय मिटरको दुरीमा ५ वटा चेकिङ्ग छ । सुरुमा सशस्त्र प्रहरी काँकरभिट्टा, लागूऔषध ब्यूरो, भन्सार कर्मचारीको चेकिङ इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नेपाल प्रहरी र सादा पोशाकका सशस्त्र, नेपाल प्रहरीको निगारानी गरी ५ वटा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा चेकिङ छ । सीमामा अपराधिक र भन्सार छलिका घटनालाई नियन्त्रण गर्न सिसि क्यामरा पनि बाक्लै छ्न् । भारतलगायत तेश्रो मुलुकबाट आयातीत सामानको भन्सारका लागि मेची पुलदेखि नै चेकिङ सुरु हुन्छ ।

नेपाल प्रहरी, भन्सार कार्यालय, सामुदायिक सेवा केन्द्रलगायतका आधा दर्जन संघसस्थाले बाक्लै सिसि क्यामरा जडान गरिदिएको छ। तैपनि भन्सार अगाडी पुगेको मालबहाक ट्रकले कसरी छली गर्यो ? सर्वसाधारणले प्रत्यक्ष र सामाजिक संजालबाट आक्रोस व्यक्त गरेका  छ्न् ।

एक सातायता सर्वसाधारणलाई १ सयबढीको सामानमा भन्सार लाद्(दै आएको पुर्वको मेची भन्सार कार्यालयको कर्तुत उदाङ्गो भएको पाइन्छ । मेची भन्सार परिषरबाटै कन्टेनर ढुवानी गर्दै फरार भएको करोडबढीको सामान बोकेको ट्रकलाई प्रहरीले पक्राउ गरेपछि भन्सार कार्यालयको कर्तुत उदाङ्गो देखिएको हो ।  

मेची भन्सारमा देखिएको यो ब्यवहारले सानालाई ऐन र ठूलालाई चैन झैं ससाना सामान ल्याउनेलाई कर लगाउने र ठुला ब्यापारीलाई छाड्ने परिपाटी भएको भन्दै सामाजिक संजालमा बिरोध र आक्रोश दुबैले ठाउँ पाएको छ । मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले पुरानो भन्सारमा बरामद भएको सामानसहितको कन्टेनर भन्सारभित्रबाट नआएको भन्दै बचाउ गरे । उनले बेकसुर भन्सारलाई मुछेर प्रचार गरेको प्रतिप्रश्न गरे ।

सयौं सर्वसाधारणसंग १ सयबढीको सामानमा छुटे(नछुटेको प्रत्यक्ष र सिसिटिभीबाट बाक्लो निगारानी गर्दै आएको भन्सारले मालबहाक ट्रक नदेख्नु वा देखिएन भन्नु वा त्यस्तो तर्क गर्नुले उसको नकारात्मक चरीत्रको इङकित गर्छ ।

सीमा क्षेत्रमा सामान ओसारपसार गरेर जिबिकोपार्जन गर्दै आएका सर्वसाधारणले दुईदिन अघि भन्सारले लगाएको नियमको बिरोधमा काकर्भिट्टामा सडक तताएका थिए। दैनिक रोजगारी नभएका, रोगी, अशाह्यय, अपांगले ब्यवसायीक रुपमा भारतको शिलिगुरी, पानीट्यान्कीबाट सामान आयात गर्दै आएका छ्न् ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले शुक्रवार साँझ साढे ७ बजेतिर पुरानो भन्सार छेउबाट कन्टेनर नियन्त्रणमा लिएको थियो ।

नाकाभन्दा करीव ५०० मिटरपश्चिमा पुरानो भन्सार छ । सोही स्थानबाट नियन्त्रण लिएको कन्टेनरबाट एक करोड १ लाख  र सवारीको २० लाख गरी १ करोड २१ लाखको जिन्सी वस्तु नियन्त्रण     पक्राउ गरेको हो । ती सामानको कुनै बिलबिजक र कर तिरेको प्रमाण छैन । कन्टेनरले भन्सार पासको मात्रै बिल छ अरु केहिपनी थिएन जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गा रेग्मीले भने ।

कन्टेनरभित्र  ञझ्याम्टाझ९बौद्धमार्गीले बाद्यबादनको रुपमा प्रयोग गर्ने० ७३ लाख ९५ हजारको, २० लाखबराबरको ८० काटुन हुक्काको फ्लेवर, ७ लाखको कोल र १२ हजार ५ सयको साबुन लगायतका सामान रहेको उपरीक्षक रेग्मीको भनाई छ ।

शुक्रवार साँझ नियन्त्रणमा लिइएको ना२ख ४९०२ नम्बरको मालवाहक कन्टेनरलाई इलाका प्रहरी कार्यालयमा सुरक्षित राखिएको थियो । शनिबार विहान सात बजेपछि मात्र कन्टेनर खोलेर सामान हेरिएको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार कन्टेनरमा चालक थिएनन् । कन्टेनर शिलबन्दी थिएन । यसको अर्थ यो सामान अबैध रुपमा भित्राइएको भन्नेमा कुनै शंका रहेन । कसको सामान हो र कन्टेनर धनी को हो भन्ने प्रहरीले जानकारी दिएको छैन । कानुनी कार्वाहीको प्रक्रिया अगाडी बढाएको र आवश्यक अनुसन्धानका लागि इटहरीको राजस्व अनुसन्धान कार्यालयलाई कन्टेनरसहित सामान बुझाइने समेत जानकारी दिए ।

करछली पनि आर्थिक अपराध हो । त्यसैले कर छलि गरेको पाएर पक्राउ परेका साना(ठुला सामान र त्यसको ढुवानीका साधन नियन्त्रण गरी सामान र सवारी साधन नै जफत गरेर दण्डित गरिन्छ । वा ओसार(पसारमा रोक लगाएका वस्तु पाएमा ब्यक्तीलाई समेत कार्वाही स्वरुप जेल चलान गर्नसक्ने नियम लगाएको छ । 

तर, कर छली गर्न सघाउ पुर्याउने राज्यको सुबिधा उपभोग गर्ने अधिकारीलाई कस्तो कार्वाही हुन्छ । त्यस्तो चै सर्वसाधारणले बुझ्न पाएको पाइदैन । उनीहरुकै मिलेमतोमा त्यस्ता गतिविधि हुने र उम्किनेसक्ने तयारीसहितको योजना बुन्ने भएकाले अधिकारीहरु उम्कने गरेको पाइएको हो ।