हल्दिबारी । 

झापाको हल्दिबारी गाउँपालिकाले १ देखि कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम तयार पारेर कार्यान्वयनमा ल्याएको छ ।हल्दिबारी गाउँपालिकाले कक्षा १ देखि कक्षा ३ सम्मको  पाठ्यपुस्तक नै प्रकाशन गरेर विद्यार्थीको हातमा पुर्याएको हो ।

हल्दिवारी गाउँपालिकाका शिक्षा शाखा प्रमुख जनककुमारी राईले शैक्षिक सत्र ०८० मा कक्षा १, २ र ३ को पाठ्यपुस्तक प्रकाशन गरिएको र बिद्यार्थीको हात हातमा पुर्याएको बताइन् ।  सबै बिद्यालयले पाठ्यपुस्तक लगेर बिद्यार्थीलाई बितरण गरिसकेको उनले जानकारी दिइन् ।

राईका अनुसार अब आगामी शैक्षिक वर्षमा कक्षा ४ देखि ८ कक्षासम्मको पाठ्यपुस्तक तयार गर्ने लक्ष्य रहेको छ । ‘पाठ्यपुस्तक निमार्ण र प्रकाशित गरी शैक्षिक सत्र २०८१ मा सबै विद्यालयमा पुग्ने गरी शाखा लागिपरेको छ’ उनले भनिन ।

  स्थानीय पाठ्यपुस्तक प्राप्त भएपछि विद्यार्थी शिक्षण सिकाइमा सहज हुने साथै स्थानीय पाठ्यक्रम, स्थानीय पाठ्यक्रमबाट विद्यार्थीमा स्थानीय भाषा, संस्कृति, पर्यापर्यटन, जैविक विविधता, स्थानीय सीपको ज्ञान प्राप्त हुने उनको भनाई छ ।