बिर्तामोड । 

एमिटी कलेजले कक्षा ११ का बिद्यार्थीलाई अभिमूखिकरण कार्यक्रमसहित स्वागत गरेको छ । झापाको बिर्तामोड–५ मा रहेको एमिटी एजुकेशन फाउण्डेशनले शैक्षिक सत्र २०८० मा कक्षा ११ मा भर्ना भएका बिद्यार्थीलाई आइतवार (आज) बिर्तामोडमा एक कार्यक्रमकाबिच स्वागत गरेको हो । 

एमिटीले कक्षा ११ मा बिजनेस स्टडीज, कम्प्युटर साइन्स र होटल म्यानेजमेन्ट अध्ययनका लागि भर्ना भएका २ सय ५० जना बिद्यार्थीलाई अभिमूखिकरणसहित स्वागत गरेको छ । 

कार्यक्रममा बिद्यार्थीहरुलाई कलेजका प्रिन्सिपल आरएस ढकाल, सञ्चालक सदस्य केशवी ढकाल, सरस्वती ढकाल, लक्ष्मी संग्रौला खड्का, ममता साह, पुष्पलाल भण्डारी, अतिथिलगायतले स्वागत गरेका थिए । 

amity 111

एमिटी कलेजका प्रिन्सिपल आरएस ढकालको अध्यक्षतामा भएको अभिमुखिकरण तथा स्वागत कार्यक्रममा सुरेश अग्रवाल भद्रपुरे, सुरेश बंशल, देबीभक्त श्रेष्ठलगायतको आतिथ्य रहेको थियो । कलेजका को–अडिनेटर बिनोद साहले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक रामकृष्ण ढकालले गरेका थिए । 

सोही कार्यक्रमकाबिच बिद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमसमेत गरेका थिए । कार्यक्रममा शिक्षाप्रेमी, कलेजका शिक्षकशिक्षिका, कर्मचारी, बिद्यार्थीलगायतको बाक्लो उपस्थिति रहेको थियो । 

बिर्तामोड नगरकैै अंग्रेजी माध्यमबाट अध्यापन गराउने पहिलो बिद्यालय भएको एमिटीले कलेजले दाबी गरेको छ । २०५६ सालमा स्थापना भएको बिद्यालय २५ औं बर्षमा प्रवेश गरेको प्रिन्सिपल ढकालले जानकारी दिए । बिद्यालयमा पढाईसँगै बिभिन्न अतिरिक्त क्रियाकलाप पनि हुने गरेको छ । 

कलेजमा झापा जिल्ला भरिकै बिद्यार्थीहरु अध्यापन गरिरहेका छन् । शिक्षण सिकाई क्रियाकलापमा बिद्यार्थीहरुको मनोभावनाको उच्च मूल्याङ्कन गर्दै कलजेमा अतिरिक्त क्रियाकलापहरु मध्येमा फुटवल, भलिवल, बास्केट बल, क्रिकेट साथै अन्य एथलेटिक्स बिधामा बिद्याथीहरुलाई बिद्यालय भित्र मात्र नरहेर बाहिर जिल्ला तथा राष्ट्रिय प्रतियोगिताहरुमा पनि सहभागी गराइदै गरेको बिद्यालयका स्पोर्ट टिचर तथा काउन्सिलिङ सुदिप खवासले जानकारी गराए ।