बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ३ मा सञ्चालित लिङ्कन मन्टेश्वरी बिद्यालयले राष्ट्रिय खीर दिवस मनाएको छ । मन्टेश्वरीले आज (सोमवार) साउन १५ गते परेको खीर दिवसका अवसरमा बिद्यालयमा अध्ययनरत नानीबाबुहरुलाई खीर खुवाएर दिवस मनाएको हो । 

नानीबाबुहरुलाई संस्कारसहित गुणस्तरीय तथा ह्याप्पी शिक्षा प्रदान गर्दै आएको मन्टेश्वरी बिद्यालयले खीरमा राखिने परिकार र पकाउने तरिका सिकाउँदै खीर खुवाएर दिवस मनाएको बिद्यालयकी शिक्षिका दीपिका भट्टराईले जानकारी दिइन् ।

lincon p

२०७३ सालमा स्थापना भएको बिद्यालयमा पिजि, नर्सरी, एलकेजी र युकेजी अध्यापन गराउँदै आएको मन्टेश्वरीका सञ्चालक सरोज पौडेलले जानकारी दिए । मन्टेश्वरीले शान्त, पारिवारिक बाताबरणमा बालमैत्री शिक्षा प्रदान गर्दै आएको सञ्चालक पौडेलले बताए ।