हल्दिबारी । 

झापा हल्दिबारी गाउँपालिका वडा नम्बर ५ मा रहेको शान्ति प्राथमिक बिद्यालयको चौरको झाडि सफाइ गर्ने काम (शुक्रबार) आजदेखि शुरू भएको छ।

स्थानीय अभिभावक, शिक्षक, शिक्षिकाहरूको सामुहिक जनश्रमदानबाट झाडी फडानी गरि सफा गरिएको सहभागी स्थानीय नीरप्रसाद अधिकारीले बताए ।

बर्खे बिदा समाप्ति भएर बिद्यालय सञ्चालन हुने पूर्व सन्ध्यामा सफाइ गरिएको हो । आज ११ जनाले करिब ३ घण्टा लगाएर झाडि सफाइ गरिएको र उक्त कार्य भोलि पनि सञ्चालन हुने अधिकारीले बताए । बिद्यालय हाता भित्रको सरसफाईले बिद्यालयमा सर्प र लामखुट्टेको जोखिम कम हुने उनको भनाई छ।